नेकपा एमालेको सचिवालय बैठक बस्दै

 सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

बैठक आज दिउँसो २ बजे बस्नेछ । बैठकमा मुख्यतः सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ ।

सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।