राप्रपाले बोलायो कार्यसम्पादन बैठक

देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बस्ने भएको छ।पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको आह्वानबारे छलफल गर्न अध्यक्ष राजेन्द्र लिङदेनले वैठक बोलाएका हुन्।

पूर्वराजाले आफ्नो शुभकामना सन्देशमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ जनतासँग आह्वान गरेका थिए। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजाको सन्देश तथा अन्य समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको बताए। वरिष्ठ नेता तथा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जालबाटै पार्टीको वैठक बोलाउनुपर्ने माग गरेका थिए।