नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वाईसिएलको स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन् । उनले वाईसिएल नेपालको ४३औं स्थापना दिवसको अवसरमा सबै देशभक्त, प्रगतिशील, वामपन्थी, गणतान्त्रिक युवाहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
दाहालले फेशबुकमा लेखेका छन्–
लाल सलाम!
नेपाली युवाहरूको अत्यन्तै भरोसायोग्य, हाम्रो पार्टीको जुझारु एवं मिलिटेन्ट र युवा कम्युनिस्ट भर्ती गर्ने सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल नेपाल) को ४३औं स्थापना दिवस को अवसरमा सबै देशभक्त, प्रगतिशील, वामपन्थी, गणतान्त्रिक युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।





