प्रभु शाहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

शाहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।

अदालतको अपमान गरेको भन्दै सांसद शाह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।