सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने रास्वपाकाे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका अध्यादेश अस्वीकृत गर्न संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ ।

रास्वपाको कार्यालय चःमतिमा आज बसेको संसदीय दल बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । संविधानअनुसार सरकारले ल्याएको अध्यादेश संसदको अधिवेशनको पहिलो बैठकमा पेस गर्नुपर्छ । तर यसरी संसदमा दर्ता हुँदा कुनै पनि प्रस्ताव अस्वीकृत गर्न दलहरूले प्रस्ताव राख्न सक्छन । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अध्यादेश अस्वीकार गरियोस भनेर दलले प्रस्ताव दर्ता गर्ने जानकारी दिए । 

प्रतिनिधि सभाको बैठक माघ १८ गते शुक्रबार बस्दैछ। सरकारले हालै ६ वटा अध्यादेश ल्याएको थियो।