मैले कांग्रेसबाट पूरै सहयोग पाएको छुः ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूलाई पूरा सहयोग गरेको बताएका छन् ।

हिजो (सोमबार) भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको बताउँदै आफूले पनि कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए ।

‘अब १७–१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं,’ओलीले भने, ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’