कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै

सभामुख देवराज घिमिरेले आज कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् ।घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ । प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ ।