रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध आज पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् ।
यसका लागि उनी हिजो राति नै रुपन्देहीबाट पोखरा पुगीसकेका छन् । रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर रवि थुनामुक्त भएका थिए । तर, धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत जाने भएका हुन् ।





