राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।
बैठक माघ १६ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्नेछ । बैठकमा यही माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशन, समसामयिक राजनीति र रास्वपाले उठाउनु पर्ने मुद्दाहरूका विषयमा छलफल हुने बताइएको छ ।
बर्खे अधिवेशनपछि हिउँदे अधिवेशन सुरु हुन लाग्दा पहिलोपटक दलको बैठक बस्न लागेको हो ।





