अखिल क्रान्तिकारीको निर्वाचन आज

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन अन्तर्गत भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ।

नयाँ नेतृत्वका लागि पाँचजनाले दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ।