राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार भेट भएको हो । उक्त भेटमा समसामयिक परिस्थितिका बारेमा विमर्श भएको बताइएको छ । थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेकोले सुझबुझपूर्ण रूपमा अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।





