नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा देशको समस्या समाधान गर्न राजनीतिक दलहरुबीच धेरै बैठक राखेको स्मरण गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्रतिपक्षसँग संवाद नभएको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि सत्तापक्ष र प्रतिपक्षी दलहरुबीचको संवाद रोकिएको आरोप लगाए ।





