राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने छ ।
काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, चाबहिलमा हिजोदेखि जारी बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशा प्रस्तुत गरेका छन् ।
हिजो पेस भएका कार्यपत्र र प्रतिवेदनमाथि आज धारणा राख्ने क्रम जारी रहने बताईएको छ ।





