सङ्घीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ ।
जस अन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री र मन्त्रालय अन्तर्गत राजस्व सचिवलाई पनि आमन्त्रण गरिएको छ ।
यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी रहेको छ ।





