नेकपा एमालेबाट निष्कासित डा.भीम रावलले आगामी बुधबार पार्टी घोषणा गर्ने भएका छन् ।
आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन हुने बताइएको छ ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।





