राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले ठूला दलका नेताहरू कोही पनि नजोगिने बताएका छन् ।
शनिबार सुनसरीको इटहरीमा राप्रपा कोशी प्रदेश समितिले गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘अहिले रास्वपा सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको छ, यो हतियार नरोकिने र रोकिन हुन्न।’
उनले सबै दलका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र सुरू बरू आफैबाट गर्न तयार रहेको लिङ्देनको भनाइ छ । अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् संरक्षण गरेको दाबी गरेका थिए। उनले राजासहित प्रजातन्त्र र हिन्दुराष्ट्र अपरिहार्य भएको बताएका थिए ।





