रविको मुद्धा न्यायाधीश नीतिज राईको इजलासमा

 सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान हुँदैछ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान आज हुन लागेको हो । मुद्दाको सुनुवाइका लागि न्यायाधीश नीतिज राईको इजलासमा पेशी तोकिएको छ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो ।