बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र प्रतीक थापा थुनामै रहने भएका छन्।

काठमाडौं जिल्ला अदालतले भदौ २ गते दिएको आदेशविरुद्ध पुनरावेदन गरेका उनीहरूलाई उच्च अदालत पाटनले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

न्यायाधीश अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको हो।

यो प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो। प्रतीक थापाविरुद्ध भने सुरुवातमै अभियोगपत्र दायर गरिएको थियो। पक्राउ परेपछि अदालतले थापालाई पनि पुर्पक्षका लागि थुनामा पठाएको हो।

उक्त मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, र निलम्बित सचिव टेकनारायण पाण्डेसहित अन्य व्यक्ति पनि प्रतिवादी रहेका छन्।