झापाको दमक वडा नं. ३ मा निर्माण भएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर)को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
आइतबार कम्प्लेक्स परिसरमा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले टावरको उद्घाटन गरेका हुन्।
मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।
भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।





