रास्वपाका सभापति लामिछानेसहित १४ जनालाई पर्सामा पनि पक्राउ पुर्जी जारी

 पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले हिजो रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ ।

पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । यसअघि कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर बयान लिईसकेको छ ।

यसैबीच हिजो रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । हिजो चितवन जिल्ला अदालतमा बयान जारी रहदा सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

झडपमा परेर आठ प्रहरी घाइते भएका तिए भने १६ जना प्रदर्शनकारी घाईते भएका छन् ।

हिजो राती नै लामिछानेलाई चितवनबाट पोखरा लगिएको छ ।।