कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्ण मान डंगोल विजयी भएका छन् । डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन् ।

त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको निवार्चन आयोगले जनाएको छ ।