सहकारी ठगी प्रकरणमा कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । लामिछानेलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको हो ।
सहकारीमा ठगी आरोपमा काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएकाले थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो । यसअघि सुप्रिम सहकारी अनियमिततामा अनुसन्धान गर्न उनलाई बुटवल लगिएको थियो ।
चितवनका सहकारीमा पनि उनले ठगी गरेको आरोप छ । यसपछि उनलाई चितवन लाने तयारी छ ।





