कीर्तिपुर नगरपालिका चुनावका लागि नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार प्रा. डा. शिवशंकर महर्जनले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा लगायतका नेताहरूको उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो।
महर्जनले भरतपुर महानगरपालिकाको सफल मोडेललाई अनुसरण गर्दै कीर्तिपुर नगरपालिकालाई विकसित र समृद्ध बनाउन आफ्नो प्रमुख लक्ष्य रहेको बताए। उनले भ्रष्टाचारविरुद्धको अभियानलाई जोड दिँदै स्वच्छ र पवित्र नेतृत्वको महत्वबारे पनि प्रकाश पारे।
भरतपुर मोडेलको प्रेरणा
महर्जनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भरतपुर महानगरपालिकाको उदाहरण प्रस्तुत गर्दै भनेका छन्, “भरतपुर महानगरपालिका जस्तै विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचारविरोधी स्वच्छ र पवित्र उम्मेदवारलाई जिताए मात्रै हामीले त्यो लक्ष्य चुम्न सक्छौँ।”
भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेनु दाहाल मेयरको रूपमा कार्यरत छिन्। महर्जनले रेनु दाहालले भरतपुरमा पुर्याएको सफलतालाई आफ्नो कार्यदिशा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
१० बुँदामा प्रतिबद्धता
महर्जनले आफ्ना योजनाहरूलाई १० बुँदामा समेटेका छन्। जसमा सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, वृद्धवृद्धा तथा एकल महिलाको सहायताजस्ता प्रमुख विषयहरू समेटिएका छन्।
- ज्येष्ठ नागरिक र एकल महिलाका लागि सजिलो सामाजिक सुरक्षा भत्ता वितरण
महर्जनले सामाजिक सुरक्षा भत्ताको वितरण प्रक्रिया छरितो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, “ज्येष्ठ नागरिक तथा एकल महिलालाई मासिक रूपमा प्रदान गरिने भत्ता सजिलो र प्रभावकारी ढंगले वितरण गरिनेछ।” - वृद्ध तथा अशक्त नागरिकका लागि सेवा सुधार
प्रतिबद्धताअनुसार, वृद्धवृद्धा र अशक्तहरूलाई आवश्यक सेवा घरमै पुर्याइनेछ। यसका लागि नगरपालिका स्तरमा विशेष योजना सञ्चालन गरिने छ। - ८० वर्ष माथिकालाई निःशुल्क स्वास्थ्य सेवा
महर्जनले कीर्तिपुरमा ८० वर्ष उमेर नाघेका नागरिकहरूलाई जुनसुकै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने बताएका छन्। यसले वृद्ध नागरिकहरूको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पुर्याउने उनको विश्वास छ।
कीर्तिपुरलाई समृद्ध बनाउने योजना
महर्जनले कीर्तिपुर नगरपालिकालाई समृद्ध र आधुनिक बनाउने दीर्घकालीन योजनाहरू प्रस्तुत गरेका छन्। उनी भ्रष्टाचारविरोधी अभियानलाई विशेष प्राथमिकता दिने बताउँछन्।
महर्जनका प्रतिवद्धताहरूले नगरवासीहरूको जीवनस्तर उकास्न मात्र नभई कीर्तिपुरलाई देशकै नमुना नगरपालिका बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा उपस्थित माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले महर्जनलाई पूर्ण समर्थन गर्दै उनले प्रस्तुत गरेका योजनाहरू नगरको विकासमा मील का पत्थर सावित हुने बताए।
कीर्तिपुर नगरवासीहरू अब माओवादी उम्मेदवारका यी प्रतिबद्धताहरूलाई कत्तिको विश्वास गर्दछन् र समर्थन जनाउँछन् भन्ने कुरा चुनावी परिणामले नै देखाउनेछ।





