आजको लागि तय नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी निर्धारित बैठक स्थगन गरिएको हो । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण बैठक स्थगन गरिएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अब बैठक भोलि अपराह्न ४ बजे बस्ने तय भएको छ ।





