पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि भोलि मात्र गरिने भएको छ ।
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आज दिउँसो उनको निधन भएको थियो । उनको शवलाई भोलिसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।
कान्छो छोरा निमेष लण्डनमा रहेको र उनी आएपछि भोलि अन्त्येष्टि गरिने नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए । स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन । जेठा छोरा निशेष र छोरी नीता काठमाडौंमै छन ।





