नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने दाबी गरेका छन् ।
आज कीर्तिपुरको मेयरमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले यस्तो दाबी गरेका हुन् । मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा कांग्रसकै जित हुने जिकिर गरे । अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने उनले विश्वास ब्यक्त गरे ।





