नेकपा बहुमतले स्थानीय तह निर्वाचन बहिस्कार गर्ने 

नेकपा बहुमतले मंसिर १६ गते हुने स्थानीय तह निर्वाचन बहिस्कार गर्ने भएको छ ।

पार्टीका महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

‘यो चुनाव पनि विगतका संसदीय चुनावहरु जस्तै जनताको सेवा गर्ने नारा भित्र संसदीय दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत गर्ने, आमुल परिवर्तनको मुद्धालाई धूमिल बनाउने, जनतामाथि शोषण उत्पीडन गर्ने संयन्त्रलाई मजबुत बनाउने र सारमा भन्दा लेलिनले भन्नु भएझैं “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने” एकाधिकार पुँजीवादको दलाली गर्ने प्रपञ्च मात्र हो’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ पालिकातहमा हुने उक्त उपचुनावलाई बहिष्कार गर्न सम्बन्धित जिल्ला कमिटिहरुलाई पार्टी केन्द्रीय कार्यालय निर्देशन गर्दछ ।’