कांग्रेसको मेची-महाकाली ‘युवा संकल्प यात्रा’ आजबाट सुरू हुँदै

कांग्रेसको मेची-महाकाली ‘युवा संकल्प यात्रा’ आजबाट सुरू हुँदैछ ।

यात्रा झापाको काँकडभिट्टाबाट सुरु हुनेछ । यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुनेछ ।

यस यात्रामा  रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने कांग्रेसको तयारी छ ।