रास्वपा केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक  बस्दैछ ।

बैठक भोलि (शनिबार) बिहान साढे ११ बजे बस्ने छ । बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुनेछ ।

यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटीबारे छलफल हुने बताइएको छ ।