स्थानीय तह निर्वाचनमा रास्वपाले पुराना दलसँग तालमेल नगर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ ।

नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने बताएको छ । पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ ।

कार्यदलमा ७ देखि ९ जनासम्म रहने छन् । ३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।