लामिछानेको गिरफ्तारी सही भएको चित्रबहादुर केसीको भनाई

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रास्वपाका सभापति रवि लामिछाने पक्राउबारे समर्थन गरेका छन् ।

आज अध्यक्ष केसीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको गिरफ्तारी सही भएको बताउँदै यस प्रकरणमा संलग्न अन्यमाथि पनि सत्य तथ्य छानबिन गर्न माग गरेका हुन । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनुपर्ने उनको माग छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको छ । यसैक्रममो उनलाई आज कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।