राष्ट्रपतिद्वारा विश्वविद्यालय सम्बन्धि विधेयक प्रमाणीकरण

। राष्ट्रपति रामचन्द्र पौडेलले आज विधेयक प्रमाणीकरण गरेका छन् ।

संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम राष्ट्रपतिले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन ।

संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।