प्राकृतिक विपत्तिबारे राप्रपाले दियो सरकारलाई ८ बुँदे सुझाव

प्राकृतिक विपत्तिबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई ८ बुँदे लिखित सुझाव दिएको छ ।

पार्टी प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ८ बुँदे ‘प्राकृतिक विपत्तिको पूर्व तयारी’ विषयमा सुझाव बुझाएका हुन् ।

सुझावमा राप्रपाले जोखिम पहिचान र मूल्याङ्कन‚ पूर्व सूचना प्रणाली‚ भौतिक पूर्वाधार निर्माण‚ समुदायमा आधारित विपत् व्यवस्थापनको विषय समावेश गरेको छ । यस्तै‚नीतिगत व्यवस्था‚ अनुसन्धान तथा विकास‚ पूर्व सूचना प्रणालीको सुदृढीकरण तथा भौतिक पूर्वाधारको नियमित मर्मत सम्भारको विषय समावेश गरिएको छ ।