राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक केहीबेर अघिबाट पार्टी मुख्य कार्यालय वनस्थली चमतीमा सुरु भएको हो । बैठकमा मुख्य गरी समसामयिक राजनीतिक गतिविधिमा छलफल गरिने भएको छ । सहकारी प्रतिवेदन पश्चात् सरकारले पार्टी सभापति रवि लामिछानेमाथि हुन सक्ने सम्भावित घटनाक्रम र त्यसको रणनीतिमा छलफल भइरहेको छ । यस्तै देशभर बाढी पहिरो विपत्ति र रास्वपाले गरेको कार्यको विषयमा पनि छलफल भइरहेको छ ।





