काभ्रेमा पहिरोले गाउँ नै बगायो

काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको हो । मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो । पहिरोमा परेर ४ जना बेपत्ता छन् । थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ । स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।