राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि शुरु हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला आजदेखि शुरु हुँदै छ । भेलाको उद्घाटन आज बिहान ११ बजे हुनेछ । काठमाडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । भेलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन, पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेज पेश हुनेछ भने यही भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति तय गर्नेछ ।