आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ३ः१५ बजेका लागि सरेको छ। संसद सचिवालयले सूचना जारी गर्दै बैठक सरेको जानकारी दिएको हो।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ। बैठक सुचारु गर्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन।
नेकपा एमालेका सांसद योगश भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेको भन्दै माओवादीले संसद अवरुद्ध गर्दै आएको छ। हिंसा शब्द संसदको रेकर्डबाट हटाउनु पर्ने माओवादीको माग छ।





