नेकपा एमालेका नेता डा. भीमबहादुर रावल आफूलाई कारबाही गरेर देखाउन एमाले अध्यक्ष ओलीलाई चुनौती दिएका छन् ।
प्रेस चौतारी अछामले मंगलबार अछाममा गरेको पत्रकार सम्मेलनमा एमाले पूर्वउपाध्यक्ष रावलले पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने मत राखेकै रण आफूलाई कारबाही गरे भोग्न तयार रहेको बताए । ‘पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने मत राखेकै कारण कारबाही गरे भोग्न तयार छु,’ रावलले भने ।
रावलले आफ्नो नेकपा एकीकृत समाजवादीमा जाने योजना नरहेको बताएका हुन् । ‘नेताहरूसँग कुराकानी हुनु स्वाभाविक हुन्छ। तर मैले कुनै पार्टी, नेकपा एकीकृत समाजवादीमा जाने उद्देश्य पनि छैन। उहाँहरूले भीम रावल ल्याउँछु भनेको कुरा उहाँहरूको होला,’ ‘त्यसमा मेरो केही कुरा छैन।’
वार्ता समितिपछि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्दा पनि आफूले उठान गर्दै आएको राजनीतिक विषय टुंगो नलागेकाले आफिू अहिले एमालेमा सक्रिय नरहेको बताए । १०औँ महाधिवेशनमा ओलीको इच्छाविपरीत अध्यक्षमा प्रतिस्पर्धा गरेपछि रावल एमालेमा अहिले जिम्मेवारीविहीन छन् ।





