नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
आज काठमाडौँमा विश्वेश्वरप्रसाद कोइरालाको १ सय ११ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए । उनले बिपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए । उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताए । उनले ठूलो मान्छे नभई असल मान्छे हुनुपर्नेमा बिपीले जोड दिएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताए ।





