नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन गएका छन् ।
उनी आज मध्यान्न १२ बजे चीन प्रस्तान गरेका हुन् । उनको सचिवालयका अनुसार पुनः फलोअप उपचार गराएर तीन/चारदिनमा फर्किनेछन । उनलाई विरलैमा देखिने वंशाणुगत जन्डिसको समस्या छ भने नेपालमा उपचार सम्भव नभएपछि २०७८ साल असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई २०७८ मंसिर १० गतेमा चीन लगिएको थियो ।
चीनमा लामो उपचारपछि स्वदेश फर्किएका उनले नियमित फलोअप चेकजाँच गर्दै आएका छन् ।





