संसद्मा विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ गीतको तारिफ, उनको अवस्था सार्वजनिक गर्न माग

17

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले लोकदोहोरी गायिका विष्णु माझीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विष्णु माझीको तीजको गीत ‘आइनँ आमा यो तिजमा’ को तारिफ गरे । उनले विष्णु माझीको उक्त गीतमा नेपाली समाज र संस्कृति झल्किएको बताए ।

नेता भण्डारीले नेपाली मन–मनले विष्णु माझीबारे चासो देखाइरहेको बताउँदै उनको स्वतन्त्रतालाई सम्मान गर्दै मिल्छ भने उनको अवस्था सार्वजनिक गरिदिन आग्रह गरे ।

‘आइनँ आमा यो तिजमा’ विष्णु माझीको गीतले हरेकको मन छोएको छ । …..नेपाली समाज, नेपाली संस्कृति झल्किने गीत आइरहेको छ अहिले । जसले हरेकलाई खुसी बनाएको छ । आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होईन । म जहाँसुकै जान्छु, मैले देख्छु, विष्णु माझीलाई, उनको यति राम्रो स्वर, त्यो गीत गाउने व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, कुनै धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस्,’– उनले भने ।

समन्धित समाचार