मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् । प्रदेश ३ ०१-०२४-च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा कार चालक घाइते भएका छन् । उनको अवस्था भने थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ ।
मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किए
