मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा  फेला

102

मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा  फेला परेका छन्।शनिबार साँझ ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा  मृत बालिका फेला पारेका हुन् । उनीहरू स्थानीय अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिका शुक्रबार बेलुकादेखि सम्पर्कबिहीन भएका थिए। प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ।घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

समन्धित समाचार