आयल निगमका कर्मचारी राकेश वर्माआफ्नै सहकर्मीहरुद्वारा कुटपिट गरी हत्या

1

नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित जनकपुर डीपोमा कार्यरत राकेश वर्मामाथि सहकर्मीहरुले कुटपिट गरी हत्या गरेका छन् । करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवादले उग्ररुप लिँदा वर्मामाथि कुटपिट भएको हो ।

नेपाल आयल निगमका प्रवक्ता पूर्ण रिजालले जनकपुर डिपोमा घटना घटेको बारे जानकारी आएको पुष्टी गरे । वर्मा ४ वर्षदेखि उक्त डीपोमा करारमा कार्यरत थिए । शुक्रबार बिहान ८ बजे राकेशलाई सहकर्मीहरुले कोठामा थुनेर बेल्चाले टाउकोमा प्रहार गर्दा मृत्यु भएको खबर आएको दाजु राजेश वर्माले जानकारी दिए ।

समन्धित समाचार