भारत बिहारमा नेपालीहरु सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते पाँच जनाको अवस्था गम्भीर

10 15

भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन्। ४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन्। एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ। घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ।

समन्धित समाचार