पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ अहिले एकतर्फी खुल्यो

19 3

नागढुङ्गा नजिक पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ अहिले एकतर्फी खुलेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौँले साँझ ५ बजेबाट एकतर्फी खुलाइएको जानकारी दिएको छ । ने

पालको राजधानी काठमाडौँ प्रवेशको मुख्य नाका त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा नजिक विहान १०ः२० बजेको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको थियो । दिनभर वर्षा जारी रहेकाले पछिरो पन्छाउन समस्या भएको थियो । अहिले वर्षा केही रोकिएकाले पहिरो पन्छाएर एकतर्फ खुलाइएको हो ।

नागढुंगाको सुरक्षा चौकीबाट करिब तीन सय मिटर पर ठूलो पहिरो खसेको थियो । ३ वटा एक्स्साभेटरको प्रयोग गरेर पहिरो पन्छाइएको हो । तर, पहिरो पुनः खस्न सक्ने अनुमान गरिएको छ ।

समन्धित समाचार