सिन्धुपाल्चोकमा पहिरोले इन्द्रावती थुनियो, सतर्क रहन आग्रह

Screenshot 2024 08 19 19 12 19 921 com.hamropatro edit

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ तिपेनी बजारस्थित पाँचपोखरी प्राथमिक अस्पताल नजिकै आएको सुख्खा पहिरोका कारण इन्द्रावती नदीको केही भाग थुनिएको छ।

आइतबार रातिदेखि परेका अविरल वर्षाका कारण सो क्षेत्रमा सुख्का पहिरो गएका कारण इन्द्रावती नदीको केही भाग थुनिएको प्रहरीले जनाएको छ। ‘अहिले पनि ढुङ्गा माटो खस्ने क्रम रोकिएको छैन,’ पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले भने, ‘पहिरोका कारण  प्राथमिक अस्पताल, तिपेनी बजार र तिपेनीबाट तल रहेको नदी तटीय क्षेत्र उच्च जोखिममा छ।’ जोखिम कायम रहेका कारण स्थानीयलाई सतर्क रहन उनले आग्रह गरे।

घटना स्थलमा अहिले जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेका छन्। पहिरोको उच्च जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

समन्धित समाचार