धादिङको मलेखुनजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको मलेखुनजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । धादिङको मलेखु नजिकै पहरेटारमा पहिरो खसेको हो । रुखसहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।

पहिरो पन्छाउने काम सुरु भइसकेको छ । लगातारको बर्षा पछि पहिरो खसेको र पहिरो पन्छाएर सवारीसाधन सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएकाे छ ।