मनमोहन कार्डियो अस्पतालको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु

काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु भएको छ। शनिबार दिउँसो अस्पतालको छैटौं तलामा रहेको क्याफेको रेलिङबाट हामफालेका युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा काठमाडौंकै गोकर्णेश्वर नगरपालिका-४ बस्ने २१ वर्षीय स्वरूप आचार्य छन्।

दिउँसो अस्पताल पुगेपछि छैटौं तलामा रहेको क्याफेमा कफी खाएका र त्यसपछि रेलिङबाट हामफालेको प्रहरीले जनाएको छ। प्रहरीका अनसार उनी बिरामी भएर अथवा बिरामी भेट्नका लागि अस्पताल गएका थिएनन्। कफी खाइसकेपछि रेलिङबाट हाम फालेको प्रहरीले बताएको छ।