धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा रहेको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ |

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले राती ७ : ४५ बजेको समयमा आयो नियन्त्रणमा आएको जानकारी दिए। उनले आगलागीको कारण नखुलेको र क्षतिको विवरण संकलन भइरहेको बताए।

ओखलढुङ्गा लिखु गाउँपालिका ४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो। आगो अपराह्न ४ : ३० बजेको समयमा लागेको थियो।